मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित

gorkhapatraonline.com · Tue Jun 02 14:36:07 GMT 2026

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ ।

बागमती प्रदेशसभाको मङ्गलवार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो । बैठकमा प्रदेशसभा सदस्यहरू रत्नप्रसाद ढकाल, लक्ष्मी घिमिरे, सुस्पा भुजेल न्यौपाने र युवराज चौलागाईंले नीति तथा कार्यक्रममाथि राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्ताव राख्ने सदस्यहरूले नीति तथा कार्यक्रम परिमार्जन गर्ने नयाँ परम्पराको सुरुवात गर्न आग्रह गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय