सञ्चारमन्त्रीसँग कोरियाका राजदूतकाे शिष्टाचार भेटवार्ता
ratopati.com · Fri Sep 18 09:17:31 GMT 2026

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले उgको कार्यकक्षमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।
त्यस अवसरमा उनीहरूबिच नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहायताबारे छलफल हुनाका साथै सूचना प्रविधि, ‘डिजिटल’ अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य गर्नेबारे कुराकानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)