विपद् आउनुअघि नै तयारी गर्न सांसद पन्तको सुझाव
nepalnews.com · Fri Sep 18 09:23:40 GMT 2026

काठमाडौं। राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, हिमताल, नदी प्रणाली तथा मानव बस्तीमा बढ्दो जोखिम कम गर्न विपद पूर्व तयारी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने बताएकी छन्।
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख सचेतक पन्तले हिमाल नेपालको सौन्दर्य मात्र नभई पानीको प्रमुख स्रोत समेत भएकाले हिमनदी र हिमतालमा आउने परिवर्तनले कृषि, खानेपानी, जलविद्युत्, जैविक प्रणाली तथा तल्लो तटीय क्षेत्रका नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)