अर्घाखाँचीमा तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा
ratopati.com · Fri Aug 08 18:30:00 GMT 2025

अर्घाखाँची । जिल्लामा तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । जिल्लामा आठ हजार ५४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकामा ३६ दशमलव ४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले जिल्लामा २१ हजार २४७ हेक्टर जमिनमा खेती गरिँदै आइएको जानकारी दिए। सोमध्ये आठ हजार ५४४ हेक्टर सिँचाइयोग्य जमिन रहेकामा तीन हजार ११८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)