फिलिपिन्सको विद्यालयमा गोली चल्यो, एक जनाको मृत्यु, कैयौँ घाइते
ratopati.com · Fri Sep 18 09:29:52 GMT 2026

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार दिउँसो गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घटना मिन्डानाओ क्षेत्रको दक्षिण कोटाबाटो प्रान्तस्थित बाङ्गा नेसनल हाई स्कुलमा भएको हो ।
घटनापछि स्थानीय उद्धारकर्मी र रेडक्रसका स्वास्थ्य टोली विद्यालय परिसरमा पुगेका थिए । घटनामा मृत्यु हुने तथा घाइतेहरूको वास्तविक सङ्ख्या भने अझै स्पष्ट भइसकेको छैन । स्थानीय सञ्चारमाध्यम र सरकारी अधिकारीहरूले फरक–फरक सङ्ख्या सार्वजनिक गरेका छन् । गोली चलाउने व्यक्तिको पहिचान पनि खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)