जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध
kendrabindu.com · Fri Sep 18 09:31:33 GMT 2026

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध भएका छन्। पार्टीको दोस्रो महाधिवेशनका लागि सार्वजनिक गरिएको प्रारम्भिक उम्मेदवारको नामावलीमा अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको हो।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। पार्टीमा सातजना उपाध्यक्ष चयन हुनेछन्, जसका लागि १४ जनाले उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)