गौतम बुद्ध विमानस्थलबाट नियमित उडानको तयारी, बुद्ध जन्मस्थलमै विदेशी तीर्थयात्री उतार्ने सरकारको योजना
kalakarmi.com · Fri Sep 18 09:35:32 GMT 2026

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन् । साथै उनले लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको गृहकार्यसमेत अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
विमानस्थलमा नियमित उडान हुन नसक्नुको मुख्य कारण यात्रु सङ्ख्या (लोड) नपुग्नु रहेको औँल्याउँदै मन्त्री पौडेलले यसको समाधानका लागि सरकारले बहुपक्षीय रणनीति अपनाइरहेको बताए । ‘अहिले धेरै नै एयरलाइन्स कम्पनीहरूसँग कुरा गरिरहेको छु । सबैले देखाउने कन्सर्न मुख्य रूपमा प्यासेन्जरको सङ्ख्या नपुगेको भन्ने हो । इच्छुक छौँ, जान तयार छौँ भन्नुभएको छ । प्यासेन्जरको सङ्ख्या कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरूसँग पनि छलफल गरिरहेका छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)