संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु न्यायको मुद्दा दह्रोसँग उठाउन सांसदहरूको सुझाव
ratopati.com · Fri Sep 18 09:43:24 GMT 2026

काठमाडौँ। जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षतिका लागि जलवायु न्याय सुनिश्चित गर्न क्षेत्रीय सहकार्य तथा समानुभूति महसुस गराउने खालको कूटनीति आवश्यक रहेको सांसदहरूले बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन्। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या र क्षतिपूर्तिसम्बन्धी स्पष्ट राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनीहरूले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)