जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो
ratopati.com · Fri Aug 08 18:52:00 GMT 2025

पर्वत । रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ ।
यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज राख्ने र सप्रिने बेलामा धान बालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रूपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)