सगरमाथा संरक्षणमा साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्यः पहिलोपटक क्याम्प–२ मा रेन्जर्स बेस स्थापना
kendrabindu.com · Sat Jun 06 11:20:34 GMT 2026

विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षणप्रति आफ्नो अटल प्रतिबद्धता पुनः पुष्टि गरेका छन् । ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवद्र्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणमा आफ्नो सहकार्यलाई थप सुदृढ बनाएका हुन् ।
बीवाइडीको “कूल द अर्थ बाइ १° सेल्सियस” अवधारणाबाट प्रेरित भई सन् २०२५ मा सुरु भएको यो साझेदारीले सगरमाथा र खुम्बु क्षेत्रका गम्भीर वातावरणीय चुनौतीहरूको समाधानका लागि नवीन तथा दीर्घकालीन उपायहरू विकास गर्दै आएको छ । हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर रहेको अनुमानले हिमनदी, जलस्रोत र स्थानीय समुदायमाथि बढ्दो दबाब सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)