श्रीमान्को हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ
lokaantar.com

बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित तीन जनालाई प्रक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी गाउँपालिका–३ याङ्गजाकोटका ५६ वर्षीय आसपुरे कामीलाई पक्राउ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)