न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र
khabarhub.com · Fri Sep 18 09:48:25 GMT 2026

दमौली – मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसीए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने १२ प्रतिशत रहेको छ ।