काभ्रेमा दुई प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान
barnanmedia.com · Thu Mar 20 21:38:30 GMT 2025

मन्त्रिरिषद्को निर्णयअनुसार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ । सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्थ दीर्घकालीन रूपमा जग्गाको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी नमोबुद्धको मेथिनकोट र तेमालको पोखरी नारायणस्थानमा प्रहरी चौकी निर्माणका लागि छ–छ रोपनी जमिनको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालयलाई दिइएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यही चैत ४ गते सरकारको निर्णयले दुई स्थानीय तहमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)