पूँजीबजार सुधार योजना कार्यान्वयन भए लगानी बढ्ने महासंघको अपेक्षा
aarthiknews.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सरकारले पूँजीबजारको विकास, विस्तार तथा सुधारका लागि अघि सारेका नयाँ कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके लगानीको वातावरण सुधार भई अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेको छ।
महासंघले जारी गरेको धारणा अनुसार प्रस्तावित व्यवस्थाहरूले पूँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, लगानीमैत्री र गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछन् । पूँजीबजारको सुदृढीकरण र दायरा विस्तारले उद्योग–व्यवसायका लागि आवश्यक दीर्घकालीन पूँजी सङ्कलन सहज हुने तथा लगानीकर्ताको मनोबल उच्च राख्दै समग्र अर्थतन्त्रमा पूँजी प्रवाहको दायरा फराकिलो बनाउने महासंघको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)