गोरखाको पालुङटारमा भूमि प्रशासन सेवा सुरु
annapurnapost.com · Fri Sep 18 09:49:29 GMT 2026

गोरखा : जिल्लामै पहिलो पटक पालुङ्टार नगरपालिकामा भूमि प्रशासन सेवा सुरु गरेको छ । नगरकार्यपालिकाको निर्णयअनुसार भूमि प्रशासन सेवा सञ्चालको सबै तयारी पूरा भएपछि शुक्रबारदेखि सेवा सुरु गरेको नगरपालिकाकी उपमेयर वन्दना पाण्डेले जानकारी दिइन्।
नगरपालिकाले औपचारिक समारोह आयोजना गरी भूमि प्रशासन सेवाको सुरुवात गरेको हो । नगरपालिकाको पुरानो प्रशासकीय भवनमा भूमि प्रशासन कार्यालय सञ्चालन गरेको उपप्रमुख पाण्डेले बताइन्। भूमि प्रशासन अधिकृत र केही कर्मचारीको व्यवस्था गरेर सेवा सुरु भएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)