मङ्गला गाउँपालिमा छ गौरवका योजना
barnanmedia.com · Thu Mar 20 21:45:26 GMT 2025

मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।
गाउँपालिकाले सङ्घीय समपूरक योजनाअन्तर्गत सबैभन्दा ठूलो योजनाका रूपमा रु चार करोड ४० लाख बजेटको सिम–कोत्रबाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति योजना तथा रु तीन करोड ४० लाखको पुलचोक–पिपलबोट–पाँखु–धारा–सिरकुम–टिकाबाङ मोटरबाटो स्तरोन्नति योजना सञ्चालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)