मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भेरी अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण, ज्यान जोगाउन छतबाट हामफाले, तीन पक्राउ

farakdhar.com · Thu May 27 18:43:52 GMT 2021

एक कोरोनाभाइरस (कोभिड १९) संक्रमितको उपचारको क्रममा निधन भएपछि भेरी अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ । भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि मृतकका कुरुवा तथा आफन्तले हातपात गरेपछि भेरी अस्पतालका स्टाफ नर्सहरु छतबाट हामफालेर ज्यान जोगाउन बाध्य भएका छन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारीअनुसार आफन्तले उपचारका क्रममा लापरवाही भएको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् । उनीहरुले कुटपिट गर्न खोजेपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु भागेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)