लुम्बिनी विश्वकै साझा धरोहर हो : मन्त्री पौडेल
onlinekhabar.com · Fri Sep 18 09:53:18 GMT 2026

रुपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी कुनै देशको सीमाभित्र मात्र सीमित सम्पदा नभई विश्वकै साझा आध्यात्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन-२०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)