योगेश भट्टराईको समीक्षा– एमाले यथास्थितिमा अगाडि जान सक्दैन, केही नयाँपन दिनैपर्छ
onlinekhabar.com · Fri Sep 18 09:51:16 GMT 2026

२ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा सुनाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अगाडि बढ्न केही न केही नयाँपन चाहिने बताएका हुन् ।
‘अब हाम्रो पार्टी यथास्थितिमा जान सक्दैन, अब हाम्रो पार्टीमा केही न केही नयाँपन दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली, बोली–वचन, यी तमाम कुराको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण । यो प्रकृयाबाट नै नेकपा एमाले पुनर्जागण हुनसक्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)