५ वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा नाबालक पक्राउ
annapurnapost.com · Fri Sep 18 09:56:51 GMT 2026

सिमरा : पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान बाराको पथलैयाबाट एक नाबालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका १४ वर्षीय नाबालक रहेका छन्।
पीडित बालिकाकाे अभिभावकले प्रहरी समक्ष पुगेर घटनाबारे जानकारी गराएपछि नाबालक पक्राउ परेका हुन्। प्रहरी चौकी पथलैयाको प्रहरी टोली पुगेर नाबालकलाई घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका नाबालकलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ। उनले आरोप स्वीकार समेत गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)