'सरकारमा भय र आतंक सिर्जना गरी शासन गर्ने प्रवृत्ति देखियो'
arthasansar.com · Fri Sep 18 10:04:01 GMT 2026

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान सरकारले पाँच वर्ष पूरा कार्यकाल काम गरोस् भन्ने आफूले चाहेपनि अवस्था त्यस्तो संकेत नगरेको बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्र, कानुनी राज्य र संविधानको सर्वोच्चतालाई मान्ने व्यवस्थामा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वैयक्तिक स्वतन्त्रता जस्ता विषय अक्षुण्ण रहेको उनले बताए ।
‘जुनसुकै सरकार आएपनि यसलाई परिपालन गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले कानुनी शासन, संविधानको सर्वोच्चता र खुला समाज जस्ता कुरामा यो सरकार चुकिरहेको मलाई लाग्छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)