मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइल्यान्डकी प्रधानमन्त्रीसँग ५० लाख डलरका घडी

rajdhanidaily.com · Fri Jan 03 23:27:15 GMT 2025

बैंकक । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २ सयभन्दा बढी डिजाइनरका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ लक्जरी घडी रहेको उनले उल्लेख गरेकी छन् । थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङटार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारको चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन् । पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचारविरोधी आयोग (एनएसीसी)को अनुरोधमा घोषणा गरेकी हुन् । उनले आफूसँग कुल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर)बराबरको सम्पत्ति रहेको बताएकी छन् ।

२० लाख डलरका ह्यान्डब्याग

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)