अघि बढ्यो गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान
rajdhanidaily.com · Fri Jan 03 23:41:58 GMT 2025

पोखरा । आफ्नै गाउँमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए) स्थापना हुने भएपछि गाउँलेहरु निकै खुसी थिए । जग्गा उपलब्ध गराउन गाउँको आधारभूत स्कुल नै अन्त्यै सारियो । वर्ष बित्दै गयो तर अहँ काम थालनी भएन । गाउँलेहरु निराश बन्दै गएका थिए ।
स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, ‘हामीलाई त गाउँपालिकावासीले सोधेको सोध्यै गर्नुहुन्थ्यो कहिले बन्छ प्राविधिक शिक्षालय ? पहल भइराखेकोले हामीहरुले पनि ठ्याक्कै भन्न सकेका थिएनौं । तर प्रतीक्षाको घडी समाप्त भएको छ । अब जग हालियो । काम अघि बढ्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)