ह्वाट्सएपमा थपिँदै नयाँ सुविधा, एउटै आईफोनमा तीनवटा अकाउन्ट चलाउन सकिने
ictsamachar.com

काठमाडौं । एउटै मोबाइलबाट व्यक्तिगत र व्यावसायिक प्रयोजनका फरक–फरक ह्वाट्सएप अकाउन्ट चलाउने प्रयोगकर्ताका लागि कम्पनीले नयाँ सुविधा ल्याउने तयारी गरेको छ । अब आईफोन प्रयोगकर्ताले एउटै ह्वाट्सएप एपमा तीनवटा अकाउन्ट राख्न सक्ने व्यवस्था विकास भइरहेको छ ।
अहिले आईफोनमा एउटै एपबाट दुईवटा अकाउन्ट मात्र व्यवस्थापन गर्न सकिन्छ । ह्वाट्सएपले भने आगामी प्रणालीमा अर्को अकाउन्ट थप्ने विकल्प उपलब्ध गराउने तयारी गरेको हो । नयाँ व्यवस्था परीक्षणका क्रममा आईओएस बिटा संस्करण २६.३७.१०.१५ मा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)