१ करोड ७५ लाख ग्यास सिलिण्डरमध्ये मासिक खपत ३३ लाखमात्र, बाँकी कहाँ पुगे ?
ratopati.com · Fri Sep 18 10:15:00 GMT 2026

काठमाडौँ । देशभर १ करोड ७५ लाख एलपी ग्यास सिलिण्डर उपलब्ध रहँदा मासिक खपत भने करिब ३३ लाखमात्रै भइरहेको छ । आपूर्तिमा सामान्य अवरोध आउनासाथ बजारमा ग्यासको चर्को अभाव देखिने गरेको छ, जसले गर्दा बाँकी करिब १ करोड ४२ लाख सिलिन्डर कहाँ थन्किएका छन् भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार हाल देशभर करिब १ करोड ७५ लाख ग्यास सिलिण्डर छन् । बजारमा सामान्य अवस्थामा दैनिक १ लाख १० हजारको हाराहारीमा सिलिण्डर खपत हुन्छ । यस हिसाबले महिनामा करिब ३३ लाख सिलिण्डर भए देशभरको माग सहजै धान्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)