हिमताल संरक्षणको माग गर्दै मनास्लुमा आमरण अनसन
annapurnapost.com · Fri Sep 18 10:03:47 GMT 2026

गोरखा : जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्न र हिमताल संरक्षणको माग गर्दै हिमाली भेगका युवाहरूले मनास्लु आधार शिविरमा आमरण अनसन सुरू गरेका छन् । चुमनुब्री गाउँपालिका- १ सामागाउँका दावा नोर्वु लामासहित ११ जना युवाहरूले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्नेसहित आठ बुँदे माग राख्दै शुक्रबार दिउँसो १२ बजेदेखि आमरण अनसन सुरू गरेका हुन् ।
उनी मनास्लु आधार शिविरभन्दा केही माथि पहिलो शिविरभन्दा केही तल रहेको ४ हजार ९०० मिटर उचाइमा अनसन बसेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)