देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा
khabarhub.com · Fri Sep 18 10:15:09 GMT 2026

काठमाडौं – अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा मिसिएका नेता मीन विश्वकर्मा आफूहरू सल्लाहमै आएको बताउँछन्। उनी देउवाले पार्टी मिलाउँदै गर, पछि आउँछु भनेको दाबी उनले गरेका छन्। ‘तिमीहरू गएर मानसम्मान मिलाउँदै गर म बिस्तारै आउँला भनेर शेरबहादुर दाइले भन्नुभयो’, विश्वकर्माले भने, ‘भदौ १६ गतेसम्म दाइलाई पार्टीमा ल्याउँछौं।’ उनी देउवालाई पद नभएर सम्मानपूर्वक बहिर्गमन चाहिएको बताउँछन्।
उनी देउवालाई पद नभएर मानसम्मान चाहिएकाले सभापति गगनले आयोग र अदालतबाट मुद्दा जितेर मात्रै नपुगेर देउवाको मन जित्नुपर्ने सुझाव दिन्छन्। गनगले देउवालाई भेटेर सर्तहरू पूरा गर्ने तयारी गरिरहेको जानकारी उनी दिन्छन् । विश्वकर्मा कांग्रेस एक बनाउने अभियानमा देउवालाई अरू तत्वले झुलाएको जानकारी दिन्छन् । कांग्रेसको महाधिवेशन नरोकिने उनको भनाइ छ। शनिबारदेखि हुने वडा अधिवेशन पनि नरोकिने विश्वकर्माको प्रष्टीकरण छ। उनी भन्छ्न, ‘खुद्रे कुराको काम सकियो । अब मान-सम्मानको कुरा मात्रै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)