न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा
rajdhanidaily.com · Fri Sep 18 10:16:15 GMT 2026

दमौली । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसिए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने १२ प्रतिशत रहेको छ ।
सवस्टेशन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । आयोजनाका लागि ३ करोड ८८ लाख ८३ हजार ६ सय ४३ अमेरिकी डलरमा सम्झौता भएको हो । सम्झौता सन् २०२४ जुलाई ३१ मा भएको थियो भने सन् २०२७ नोभेम्बर २२ सम्ममा सम्पन्न गर्ने गरी निर्माण सन् २०२४ अगस्ट १८ देखि सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)