१० लाख बढीको तस्करीको कपडा सशस्त्र प्रहरीद्धारा बरामद
annapurnapost.com · Fri Sep 18 10:14:48 GMT 2026

वीरगन्ज : पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवास्थित गोठबाट सशस्त्र प्रहरीले तस्करीको १० लाख बढीको कपडा बरामद गरेको छ।
सबैठवामा रहेको गाईभैंसीको भुस राख्ने गोठबाट शुक्रबार सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० रुपैयाँ मूल्य बराबरको साडी, कुर्थासुरुवाल,तन्ना लगायतका कपडा बरामद गरेको हो। भारतबाट तस्करी गरि ल्याइएका कपडाहरु गोठमा लुकाई छुपाई राखिएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीबाट शुक्रबार खटिएको टोलीले ती कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)