मलेसिया रोजगारीमा २५ एजेन्सीको ‘सिन्डिकेट’ प्रयास : लागत ८ लाख पुग्ने व्यवसायीको चेतावनी
reportersnepal.com · Fri Sep 18 10:19:38 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा श्रमिक पठाउने प्रक्रियामा पुन: सिन्डिकेट हाबी गराउने खेल सुरु भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमित २५ वटा म्यानपावर कम्पनीलाई मात्र एकाधिकार दिने प्रयास सफल भएमा नेपाली श्रमिकको लागत खर्च करिब ८ लाख रुपैयाँसम्म पुग्ने जोखिम औंल्याइएको छ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले अहिले औसत डेढ लाख रुपैयाँमा मलेसिया गइरहेका श्रमिकमाथि अस्वाभाविक आर्थिक भार थप्ने प्रपञ्च भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)