सन्तान जन्माएर मात्र हुँदैन, व्यवस्था जोगाउने आँट गरौँ : पूर्वप्रधानमन्त्री नेपाल
barnanmedia.com · Fri Sep 18 10:18:38 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी शक्तिहरूको बढ्दो चलखेलका कारण मुलुक ठुलो संकटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप बढेर देश उनीहरूको खेलमैदान बन्ने हो कि भन्ने गम्भीर चिन्ता व्यक्त गरे।
दुई ठुला छिमेकी मुलुकको बिचमा रहेको भूपरिवेष्टित नेपालले सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्दै आफ्नो राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्नेमा उनले जोड दिए। यदि मुलुकको स्वाभिमानमाथि कसैले चुनौती दिन खोज्छ भने त्यसको दृढतापूर्वक सामना गर्ने आँट नेपाली जनता र राजनीतिक शक्तिहरूले राख्नुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)