संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’
reportersnepal.com · Fri Sep 18 10:23:00 GMT 2026

काठमाडौँ, २ असोज । नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीका अनुसार रु ४९९ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक पाँच जिबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक पाँच जिबीको सीमा पूरा भएपछि पनि बाँकी समय दुई एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)