प्रचण्ड आक्रोशित– ‘अमेरिकी दलाल’ले अल्गोरिदममार्फत म्यानिपुलेसन गरे
baahrakhari.com · Fri Sep 18 10:21:07 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्राज्यवादी ‘अमेरिकी दलाल’हरूले पुराना राजनीतिक दल र नेताले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य बनाएर जनतालाई भ्रमित पारेको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार (असोज २) काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकमा उनले आक्रोश व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गरिएको भन्दै उनले आपत्ति जनाए । “अहिले साम्राज्यवादी अमेरिकी दलालहरूले भन्ने गरेका छन्, पुराना पार्टी र नेताहरूले केही पनि गरेनन् ३५ वर्षमा भनेर । सबै बिगार्ने काम मात्र गरे भनेर एउटा भाष्य बनाएको छ र जनताको दिमागमा अल्गोरिदममार्फत यस्तो म्यानिपुलेसन र षड्यन्त्र गरेका छन् कि हामीले एउटै राम्रो काम गरेनौँ जस्तो,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)