बागमतीको कृषि मन्त्रीमा रमा आलेमगर नियुक्त
ratopati.com · Fri Sep 18 10:42:08 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री किरण थापा मगरले मौजुदा मन्त्रिपरिषद्मा एक मन्त्री थप गरेका हुन् । मुख्यमन्त्री थापाले प्रदेशको ८ मन्त्रालयमा ८ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री थापाले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रमा आलेमगरलाई मन्त्री नियुक्त गरेका हुन् । उनको आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्री थापाले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा आले मगरलाई नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)