चाडपर्वपछि आन्दोलन गर्ने प्रचण्डको चेतावनी
himalpress.com · Fri Sep 18 10:44:17 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको भन्दै संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध संयुक्त मोर्चा र आन्दोलन गर्ने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)