सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
ajakoartha.com · Fri Sep 18 10:47:00 GMT 2026

काठमाडौं सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना साधारण सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको ४८२औँ बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)