पूर्वप्रधानसेनापति राणा बेलायतको राजदूतमा सिफारिस
baahrakhari.com · Fri Sep 18 10:49:28 GMT 2026

काठमाडौं । सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणालाई बेलायतका निम्ति नेपाली राजदूतमा सिफारिस गरेको छ । शुक्रबार (असोज २) बसेको मन्त्रिपरिषद्को बैठकबाट राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको हो ।
राणाले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरी प्रधानसेनापति (सन् २०१२–२०१५) का रूपमा आफ्नो कार्यकाल पूरा गरेका थिए । उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने कार्यको निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)