कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
ajakoartha.com · Fri Sep 18 10:51:00 GMT 2026

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत दमक पालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण अन्तर्गत कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरेको छ । स्वास्थ्य उपचारका लागि अत्यावश्यक यी उपकरणहरू विशेषगरी सर्पदंश लगायतका आकस्मिक अवस्थाका बिरामीको उपचारमा महत्वपूर्ण सहयोगी हुने बैंकले जनाएको छ ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरेका छन् । रेडक्रस सोसाइटीका सभापति बुढाथोकीले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न कार्डियो मोनिटर तथा श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा आवश्यक सहयोग पु¥याउन सक्सन मेसिन उपयोगी हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)