संगिना राखेपको तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
annapurnapost.com · Fri Sep 18 10:43:41 GMT 2026
काठमाडौं : ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन्। योसंगै, संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशकको इतिहासको पहिलो महिला निर्देशक बनेकी छिन्।
राखेपले बिहिवार उनलाई नियुक्ति पत्र दिएको हो। संगिना छनोट चरण पार गरेर ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी हुन्। सन् २००४ को ग्रिसमा सम्पन्न ओलम्पिकमा छनोट चरण पार गरेकी थिइन्। त्यसैगरी एसियाली स्तरको खेलमा नेपालबाट स्वर्ण पदक जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)