'म पद छाड्दा पनि छाड्दिन, पुनर्गठन पनि हुन्न': कार्यदललाई थर्काउँदै ओलीले भने— 'अब प्रचण्डसँग मिलेर जाने हो
barnanmedia.com · Fri Sep 18 10:43:31 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको विकल्प खोज्न कार्यदलका नेताहरूमाथि दबाब बढाएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा कार्यदलका सदस्यसहित शीर्ष आठ नेतालाई बोलाएर ओलीले पुनर्गठनको साटो अन्य विकल्पसहितको प्रतिवेदन ल्याउन निर्देशन दिएका हुन्।
गुण्डुमा भएको छलफलमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र भानुभक्त ढकाल सहभागी थिए। छलफलमा अध्यक्ष ओलीले कार्यदलको प्रतिवेदनमा ‘पुनर्गठन’ शब्द र अवधारणाको विकल्प खोज्न कडा रूपमा भनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)