नेतृत्व हस्तान्तरणविना एमाले बौरिन सक्दैन : योगेश भट्टराई
barnanmedia.com · Fri Sep 18 10:40:41 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा प्रतिवेदन तयार गर्न गठित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन्। रिपोर्टर्स क्लबले शुक्रबार काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भट्टराईले नेतृत्व हस्तान्तरणविना एमाले पुनर्जागृत हुन नसक्ने दाबी गरे।
कार्यदलको सहमतिअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन मस्यौदा गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइसकेको अवस्थामा अध्यक्ष ओलीको असहमतिका कारण छलफल रोकिएको उनले खुलासा गरे। अध्यक्ष ओलीकै निर्देशनमा पोखरेलको प्रतिवेदनलाई काउन्टर दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई अर्को समानान्तर प्रतिवेदन लेख्न लगाइएको दाबी भट्टराईले गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)