प्रधानमन्त्रीले भने- जेनजी सांसदहरूको गतिविधि र विचारमा चासो राख्छु
baahrakhari.com · Fri Sep 18 10:52:27 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा उनले युवा पुस्ताका मुद्दालाई संसद्मा प्राथमिकताका साथ उठाउन आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार, प्रधानमन्त्रीले जेनजी सांसदहरूले डिजिटलाइजेसन, ई–गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)