मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उन्नति ‘कल्चरल भिलेज’मा थारु सांस्कृतिक प्रदर्शनी सम्पन्न

deshsanchar.com · Thu Mar 20 22:49:58 GMT 2025

काठमाडौँ- बर्दघाट-७, वेलहानीस्थित उन्नति कल्चरल भिलेज बिहीबार थारु संस्कृतिको रौनकले झलमल भएको थियो। “थारु संस्कृति, थारु खाना, हाम्रो पहिचान; थारु समुदाय, उद्यमशीलता बनाउने हो अभियान” नाराका साथ भव्य थारु सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको हो। पश्चिम नवलपरासीका थारु समुदायको विशेष सहभागितामा सम्पन्न यो प्रदर्शनीले स्थानीय संस्कृति, परम्परा, भेषभूषा, नृत्य, हस्तकला तथा खानपानको विविधता झल्काएको थियो।

उन्नति कल्चरल भिलेजको मुख्य आयोजना तथा नेपाल थारु संघको सहआयोजनामा भएको यस कार्यक्रममा थारु समुदायको पहिचान झल्काउने विविध स्टलहरू राखिएका थिए। थारु घर, हस्तकला, परम्परागत लुगा तथा गहना प्रदर्शनी, स्थानीय थारु उद्यमीहरूद्वारा निर्मित सामग्रीका स्टलहरू विशेष आकर्षण बने। ढिक्री, सिद्रा माछा, घोंगी लगायतका मौलिक थारु परिकारहरूले सहभागीहरूको ध्यान खिचे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)