१० बजे १० समाचार : रविको भव्य स्वागतदेखि बालेनको बोलीको विवादसम्म
ratopati.com · Tue Jun 02 16:15:00 GMT 2026

आज २०८३ जेठ १९ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
संविधान संशोधन बहस
‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले संविधान संशोधनको विषयमा विभिन्न माध्यमबाट आएका सुझाव अध्ययनकै क्रममा रहेकाले बहस पत्र तयार हुन समय लाग्ने बताएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको कार्यदलले गत चैत २५ गतेदेखि सुझाव संकलन सुरू गरेको थियो ।
यो पनि
संसदीय प्रणाली कि प्रत्यक्ष निर्वाचित कार्यकारी ? कसैले दिए संघीयता खारेजको सुझाव
विवादित अभिव्यक्ति
जनताको सर्वोच्च जनप्रतिनिधिहरूको संस्था संसद् मुठभेड र बल प्रयोगको थलोका रूपमा विकसित हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । किनभने नयाँ संसद् गठन भएसँगै सत्तापक्ष पेलेरै अघि बढ्ने र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहट्ने प्रवृत्तिले यो चिन्तालाई साथ दिएको देखिन्छ ।
यो पनि
बालेनको अगाडि दुई विकल्प : अभिव्यक्ति फिर्ता वा पुस्ट्याइँको सुविधा
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधि सभा बैठकमा आइतबार ‘नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएपछि हल्का तर्कको सहारामा सरकार सरकार बचाउ उत्रिएको छ । प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना र विरोध भइरहेका बेला सरकार कमजोरी स्विकार्नुको साटो बचाउमा उत्रिएको हो ।
यो पनि
बालेनको गल्ती ढाकछोप गर्न हल्का तर्कको सहारा
‘प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भन्नुभएको होइन, अर्को पक्षले दाबी गर्दा अचम्ममा पर्नुभएको हो’
प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देशबीचको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ जिकिर भारतले गरेको हो।
यो पनि
सीमा विवादमा प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे भारतको प्रतिक्रिया, ‘तेस्रो पक्षको कुनै भूमिका छैन’
संसद् बैठक
प्रतिनिधि सभाको बैठक सोमबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठक विपक्षी दलहरूले बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश गर्न सकेन । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए ।
यो पनि
प्रतिनिधि सभा बैठक सोमबारसम्म स्थगित
प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् चल्न दिँदैनौँ : एमाले
प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको पक्षलाई अझ बलियो बनाएको छ: बुर्लाकोटी
‘राष्ट्रियताभन्दा ठुलो बजेट होइन’
प्रधानमन्त्रीले संसद्मा माफी नमाग्दासम्म सदन चल्न दिँदैनौँ : कांग्रेस
प्रतिनिधि सभा बैठकमा प्ले कार्ड देखाएर हर्क साम्पाङले गरे विरोध
संसदमा बालेन्द्र शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा माग
नियतबस प्रधानमन्त्रीले सीमाको सम्बन्धमा बोलेको भए पदबाट राजीनामा दिनुपर्छ : एमाले
प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा शीर्ष नेतासँग छलफल गर्न सभामुखलाई ओलीको आग्रह
प्रतिनिधि सभा नियमावली २०८३
जेठ १७ गते प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले बेल घेराउ गरिरहेको तनाबपूर्ण अवस्थाबिच बहुमतबाट पारित प्रतिनिधि सभा नियमावली २०८३ को नियम १४० मा संविधान संशोधनसम्बन्धी व्यवस्था राखिएको छ । नियमावलीमा राखिएको त्यो व्यवस्था संविधानमा भएको भन्दा फरक पार्न खोजिएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।
यो पनि
संविधान संशोधनबारे र प्रतिनिधि सभा नियमावली र संविधानमा राखिएका व्यवस्था फरक–फरक हुन् ?
संसदीय समिति सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य, तोडफोड गर्ने सांसदले नै क्षतिपूर्ति भर्नुपर्ने
मन्त्रिपरिषद् बैठक निर्णय
सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।
यो पनि
मन्त्रिपरिषद्का चार निर्णय : सशस्त्रको एआईजीमा पोख्रेल बढुवा, भूमि समस्या समाधान समितिले पायो पूर्णता
भूमि आयोग खारेज गरेर बालेन सरकारले बनायो अर्को संयन्त्र
सुरक्षा संयन्त्रबारे अध्ययन समितिको म्याद ४५ दिन थप
रविको भारत भ्रमण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । उनलाई भारतमा गरिएको स्वागतको चर्चा सुरु भएको छ । यसअघि पनि भारतीय जनता पार्टीको निमन्त्रणामा अन्य दलका अध्यक्षहरु भ्रमणमा जाने गरेका थिए, तर सभापति लामिछाने जतिको महत्त्व अन्य नेपाली नेतालाई भारतले नदिएको जानकारहरु बताउँछन् ।
यो पनि
रविको भारत भ्रमण अरु नेपाली नेताको भन्दा कति फरक ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबिच भेटवार्ता
भारतीय विदेश मन्त्री र रास्वपा सभापतिबिच भेटवार्ता
रवि र नवीनको भेटबारे के भन्यो भाजपाले ?
रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता
नेपाल भारत सहकार्य
नेपाली कफी क्षेत्रलाई परम्परागत घेराबाट बाहिर निकाल्न पहिलो पटक कफीको बीउ भित्रिएको छ । झन्डै ९ दशकअघि वि.सं. १९९५ मा गुल्मीको आँपचौरबाट सुरु भएको कफी खेतीले यतिका वर्षसम्म एउटै मात्र जातको ‘अरेबिका’ कफीमा भर पर्नुपर्ने बाध्यता झेल्दै आएको थियो । तर भारत सरकारको प्राविधिक सहयोग र नेपाल सरकारको निरन्तर पहलपछि अब नेपाली कफी क्षेत्रमा नयाँ बीउ आएको हो ।
यो पनि
८८ वर्षपछि नेपालमा कफीको उन्नत बीउ
बजेट
सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि राष्ट्रिय गौरव तथा रणनीतिक पूर्वाधार आयोजनाहरूको बजेटमा व्यापक कटौती गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सञ्चालित देशका ठुला पूर्वाधार आयोजनाहरूको वार्षिक बजेट विनियोजन र चालु आर्थिक वर्ष (२०८२/०८३) को संशोधित बजेटको तुलनात्मक विश्लेषण गर्दा कतिपय बहुप्रतीक्षित ठुला आयोजनाहरू प्राथमिकताबाट बाहिरिएका छन् भने कतिपयको बजेटमा भारी कटौती गरिएको छ ।
यो पनि
राष्ट्रिय गौरवका आयोजनामा घट्यो बजेट, रेल्वे तथा मेट्रो योजना बजेटविहीन
उजुरी दिनेको भिड
सम्पत्ति छानबिन आयोगमा उच्चपदस्थ सरकारी तथा सार्वजनिक पदाधिकारीविरुद्ध दुई साताको अवधिमा २ सय ५० भन्दा बढी उजुरी परेका छन् । सिलबन्दी गरेर प्राप्त भएका त्यस्ता उजुरीहरू केही साताभित्रै खोलेर अध्ययन गरिने आयोगले जनाएको छ ।
यो पनि
सम्पत्ति छानबिन आयोगमा उजुरी दिनेको भिड
तिङ्कर सडक
सङ्घीय सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि ल्याएको बजेटमा दार्चुलाको तिङ्कर सडकलाई ‘विशेष प्राथमिकता’ मा राखिएको भने पनि बजेटको आकार भने त्यसअनुसारको नहुँदा स्थानीयबासी खिन्न भएका छन् ।
यो पनि
तिङ्कर सडक: प्राथमिकता धेरै, बजेट थोरै
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह
मन्त्रिपरिषद् बैठक
प्रतिनिधि सभा