विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति होः उपसभामुख राना
barnanmedia.com · Wed Dec 03 23:10:17 GMT 2025

काठमाडौँ, १८ मङ्सिरः उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ । किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताउनुभएको हो ।
उपसभामुख रानाले भन्नुभएको छ, “सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त समृद्ध राष्ट्रका रूपमा व्याख्या गरेको छ । सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ, यही विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)