आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार र कानुन निर्माण वर्ष घोषणा
barnanmedia.com · Fri Jul 17 21:25:00 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’का रूपमा घोषणा गरेको छ । यस आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची संघीय संसद्मा बुझाएको मन्त्रालयले कानुन सुधार तथा निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले उक्त घोषणा गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आज एक भिडियो सन्देशमार्फत अभियानको उद्देश्य, प्राथमिकता र कार्ययोजनाबारे जानकारी दिँदै प्रचलित कानुनको सुधार तथा नयाँ कानुन निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार तथा कानुन निर्माण वर्षका रूपमा घोषणा गरिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)