जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नागरिकता बनाउन गएपछि...
gorkhapatraonline.com · Fri Sep 18 10:59:51 GMT 2026

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा जबरजस्ती करणी मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ निवासी २९ वर्षीय कृष्ण चमार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार चमार नयाँ नागरिकता लिन कार्यालयमा आएको समयमा गोप्य सूचनाका आधारमा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)