वाणिज्य बैंकको कर्जा ६२ अर्ब ६८ करोड रूपियाँले बढ्यो, कुनमा बैंकमा कति ?
corporatenepal.com · Fri Sep 18 10:51:40 GMT 2026

काठमाडौं । चालु आर्थिक बर्ष २०८३/८४ को साउनमा एक अर्ब ७१ करोड रूपियाँले घटेको वाणिज्य बैंकहरुको कर्जा प्रवाह भदौमा भने ६२ अर्ब ६८ करोड रूपियाँले बढेको देखिएको छ । नेपाल बैंकर्स संघले तयार गरेको भदौ मसान्तसम्मको कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
हाल नेपालमा २० वाणिज्य बैंक छन् । कर्जा बक्यौता अर्थात् आउटस्ट्यान्डीङका आधारमा यस्तो देखिएको हो । गत असार मसान्तसम्म उनीहरूको कुल कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रूपियाँ थियो । साउनमा त्यो एक अर्ब ७१ करोड रूपियाँले घटेर ५२ खर्ब ८७ अर्ब ९७ करोड रूपियाँमा सीमित भएको थियो । भदौमा भने ६२ अर्ब ६८ करोड रूपियाँले बढेर ५३ अर्ब ५० करोड ६५ लाख रूपियाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)