कोशी र कर्णालीमा सिटिजन्स बैंकको रणनीतिक कार्यक्रम सम्पन्न
aarthiknews.com

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोशी र कर्णाली प्रदेशमा व्यवसाय विस्तार तथा आगामी रणनीतिबारे समीक्षा गरेको छ । बैंकले दुवै प्रदेशमा प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा छुट्टाछुट्टै रणनीतिक समीक्षा कार्यक्रम आयोजना गरेको हो ।
बैंकले कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३÷८४’ विषयक सेमिनार आयोजना गरेको जनाएको छ । त्यस्तै, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ विषयक कार्यक्रम सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)