स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा
ratopati.com · Fri Sep 18 11:03:31 GMT 2026

काठमाडौँ। स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक (तत्कालीन १०औँ तह) डा. अर्जुनप्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न आकर्षक कार्यालयहरूमा निरन्तर कार्यरत रहँदा सापकोटाले काठमाडौँ लगायतका प्रमुख सहरहरूमा महँगा घडेरी खरिद गरी भव्य घर बनाएको, महँगो सवारीसाधन खरिद गरेको र अस्वाभाविक जीवनशैली बिताएको भन्दै उजुरी परेको थियो। उक्त उजुरीका आधारमा अख्तियारले सापकोटाको सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मको जाँच अवधि कायम गरी छानबिन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)